यो तालिम बाख्रापालन व्यवसाय सुरु गर्न चाहने किसानहरूलाई लक्षित गरिएको हो। यसमा व्यावसायिक रूपमा बाख्रापालन गर्न आवश्यक वैज्ञानिक ज्ञान, आधुनिक विधि र व्यवस्थापन प्रणाली सिकाइन्छ। साथै, बाख्राको स्वास्थ्य, पोषण, र प्रजनन व्यवस्थापनसम्बन्धी जानकारी पनि प्रदान गरिन्छ।
गाई तथा भैंसी पालनलाई व्यावसायिक रूपमा सञ्चालन गर्नका लागि यो तालिम प्रदान गरिन्छ। यसमा पशुको प्रजनन, दुध उत्पादन बृद्धि, पोषण व्यवस्थापन, र रोग निवारणमा विशेष जोड दिइन्छ। किसानहरूले यस तालिमबाट दूध तथा दुग्धजन्य उत्पादनको गुणस्तरमा सुधार ल्याउन आवश्यक ज्ञान र सीप सिक्न सक्छन्।
यो तालिम सुँगुर पालन व्यवसायलाई व्यावसायिक रूपमा विकास गर्न चाहने किसानहरूका लागि हो। यसमा सुँगुरको प्रजनन, खोर व्यवस्थापन, उचित आहार र रोग नियन्त्रण सम्बन्धी सीप प्रदान गरिन्छ। तालिमले सुँगुर पालनमा उत्पादन वृद्धि र गुणस्तरीय व्यवस्थापनको मार्गदर्शन दिन्छ।
माछा पालनलाई व्यावसायिक रूपमा अघि बढाउन चाहनेहरूलाई लक्षित यो तालिममा माछापालनको वैज्ञानिक तरिका, पोखरी व्यवस्थापन, आहार र रोग नियन्त्रणको जानकारी दिइन्छ। यो तालिमले किसानलाई माछाको उत्पादन र गुणस्तरमा सुधार ल्याउन सघाउँछ।
यस तालिममा उत्पादकहरूलाई उनीहरूको उत्पादनको विविधिकरण कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जानकारी दिन्छ। प्रशिक्षकहरूले यो तालिमबाट विभिन्न उत्पादन र बजार रणनीतिहरू, उत्पादनको मूल्य वृद्धि, र स्थानीय बजारको माग अनुसार उत्पादनमा विविधता ल्याउने उपायहरू सिक्छन्।
नयाँ व्यवसाय सुरु गर्न चाहने किसानहरूलाई यो तालिमले आधारभूत व्यवसायिक ज्ञान प्रदान गर्छ। यसमा व्यवसायको योजना बनाउने तरिका, लगानीको स्रोत व्यवस्थापन, बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सीप, र सफल व्यवसाय संचालनको उपायबारे जानकारी दिइन्छ।
यो तालिमले किसानहरूलाई आर्थिक योजना, बजेट व्यवस्थापन, बचत, र लगानीबारे जानकारी दिन्छ। किसानहरूलाई व्यक्तिगत र व्यावसायिक आर्थिक निर्णय गर्ने क्षमता विकास गर्नका लागि यो तालिम महत्त्वपूर्ण छ।
यस तालिममा पशु तथा कुखुरालाई उच्च गुणस्तरको पोषणयुक्त आहार कसरी तयार गर्ने भन्ने जानकारी दिइन्छ। यो तालिम पशुहरूको स्वास्थ्य र उत्पादन वृद्धि गर्न आवश्यक चारा बनावटका वैज्ञानिक विधिहरूमा केन्द्रित छ, जसले पशु पालनलाई अझ लाभदायक बनाउँछ।
किसानहरूको आवश्यकता र माग अनुसार विभिन्न अन्य तालिमहरू पनि प्रदान गरिन्छ। यी तालिमहरूमा विशिष्ट सीप, कृषि तथा पशुपालनका नवीनतम प्रविधिहरू र बजार व्यवस्थापनबारे जानकारी दिइन्छ, जसले किसानलाई आफ्नो व्यवसायको विस्तार गर्न सहयोग पुर्याउँछ।