Krishi Kranti

परामर्श सेवा

परामर्श सेवा

कृषि क्रान्तिले नयाँ तथा पुराना किसानहरूलाई व्यावसायिक रूपमा कृषि र पशुपालन गर्ने इच्छालाई प्रोत्साहन गर्दै परामर्श सेवा उपलब्ध गराउँछ। कृषि र पशुपालनका विज्ञहरूद्वारा किसानहरूको आवश्यकताअनुसार भौतिक र डिजिटल माध्यमबाट परामर्श प्रदान गरिन्छ। साथै, कृषि क्रान्ति किसानहरूलाई कृषि उपकरण, पशुपालन उपकरण, बीउबिजन र औषधि जस्ता आवश्यक सामग्रीहरू किसानहरू तथा अन्य संस्थाहरूसँग जोड्न सहजीकरण गर्छ। यसरी कृषि क्रान्ति किसान र प्राविधिक विज्ञहरू बीच पुलको रूपमा कार्य गर्दै दिगो कृषि प्रणालीको सुदृढीकरणमा मद्दत पुर्‍याउँदै आएको छ।