Krishi Kranti

स्थलगत भ्रमण

कृषि र पशुपालनमा प्रत्यक्ष सहायता र प्राविधिक परामर्श

हाम्रो अनुभवी टोलीले कृषि र पशुपालनका लागि प्रत्यक्ष सहयोग र प्राविधिक परामर्श प्रदान गर्दछ। माटोको सन्तुलन, उन्नत खेतीका प्रविधि, जैविक खेती र पशुपालनमा कुशलता बढाउनका लागि आवश्यक ज्ञान र सुझावहरू उपलब्ध गराउँछौं। हाम्रा परामर्श सेवाले कृषकलाई समस्याको समाधान गर्न र उन्नत उत्पादन गर्न सक्षम बनाउँछ।

फार्म भ्रमण र अनुभव आदान-प्रदान

कृषकहरूका लागि फार्म भ्रमण एउटा विशेष अवसर हो जहाँ उनीहरूले स्थलगत रूपमा दिगो कृषि अभ्यासहरूको अवलोकन गर्न सक्छन्। यसले कृषकहरूलाई नयाँ प्रविधि र कार्यशैली अपनाउन प्रेरित गर्छ। हाम्रा भ्रमण कार्यक्रमले स्थानीय तथा अन्तर्राष्ट्रिय अनुभवहरू आदान-प्रदान गर्न र कृषि क्षेत्रमा नवप्रवर्तनशील दृष्टिकोण विकास गर्न मद्दत पुर्‍याउँछ।

 

व्यावसायिक प्रशिक्षण कार्यक्रम

कृषकहरूको क्षमता अभिवृद्धि गर्न र आधुनिक तथा दिगो खेतीका सिद्धान्तहरू सिकाउन हामीले विभिन्न व्यावसायिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका छौं। यसमा माटो परीक्षण, जैविक मल प्रयोग, कीटनाशक व्यवस्थापन, पानीको सही उपयोग र पशुपालनका लागि आवश्यक सीप विकासमा ध्यान दिइन्छ। प्रशिक्षण कार्यक्रमहरूले कृषकलाई व्यवहारिक ज्ञान र आधुनिक प्रविधिहरू अपनाउन सहयोग पुर्‍याउँछ।

पशु स्वास्थ्य सेवा

पशुपालनमा सफलताको लागि स्वस्थ्य र सशक्त पशुधन महत्त्वपूर्ण हुन्छ। हाम्रो पशु चिकित्सक टोलीले पशुहरूको रोग पहिचान, उपचार र रोकथामका उपायहरूमा विशेषज्ञता प्रदान गर्छ। यस सेवाले कृषकहरूलाई स्वस्थ्य पशुधनबाट उन्नत उत्पादन गर्न प्रेरित गर्दछ।