कृषि क्रान्ति डिजिटल प्लेटफर्मले पशुपालन र कृषि किसानहरूलाई प्रविधिमार्फत प्राविधिक विज्ञहरूसँग जोड्ने काम गर्दछ। यसले किसानहरूलाई भिडियो कल, फोन कल लगायतका डिजिटल माध्यमबाट प्राविधिक सहयोग प्रदान गर्दै उनीहरूको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्य राखेको छ। पशुपालनका लागि आवश्यक प्राविधिक सहयोग, परामर्श, रोग निदान र रोकथाम जस्ता सेवाहरू यो प्लेटफर्ममार्फत सजिलै उपलब्ध गराइन्छ। यसले किसानहरूको व्यवसायिक उन्नति र दिगो कृषि प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।