1 गोठ व्यवस्थापन
2 आहरा व्यवस्थापन
3 प्रजनन व्यवस्थापन
4 स्वास्थ व्यवस्थापन
बस्ने ठाउँ जमिनबाट ५० से.मी. (एक हातजति) माथि उठेको ।
गाईगोठको चौडाइ ७ मी तथा लम्बाई आवश्यकताअनुसारको बनाउनु पर्छ ।
बस्ने ठाउँ अगाडिदेखि पछाडिसम्म १ः१०० को अनुपातमा भिरालो हुनुपर्छ ।
घासपात दिने डुँडको व्यवस्था हुनुपर्छ ।
गोठ बनाउँदा मुत्र बगेर जाने ७ से.मी. गहिरो र ३० से.मी. चाक्लो नालीको व्यवस्था गर्नुपर्छ र पिसाब आफैँ बगेर गई थुप्रने खाल्टो बनाउनु पर्छ ।
बस्ने ठाउँमा घाम वा प्रकाश छिर्ने बनाउनु पर्छ ।
ठण्डी ठाउँमा ताजा हावा खेल्ने झ्याल तथा अन्यमा विनापर्खालको बनाउन सकिन्छ ।
गोबर (मल) थुपार्ने ठाउँ अलग र पशुभन्दा कम्तीमा १० मिटर टाढा हुनुपर्छ ।
बस्ने ठाउँ ओभानो र खाल्टाखुल्टी नभएको हुनुपर्छ ।
गोठ बनाउँदा ठाउँ र अवस्था हेरी चारैतिर वा दुईतिर खुल्ला राख्न सकिन्छ । जाडो ठाउँमा घामको प्रकाश आउनेतिर खुल्ला राख्नु पर्छ । ज्यादै जाडोमा झ्याल राखी खोल्न र बन्द गर्न मिल्ने बनाउनु पर्छ ।
भुइँको क्षेत्रफलको कम्तीमा १० प्रतिशत भेन्टिलेसन हुनैपर्छ ।
गाई फार्ममा व्याउनुपुर्व १५ दिनजति र व्याएलगत्तै १५ दिन गरी करीब १ महिनाजति
राख्नको लागि अलग्गै गोठको व्यवस्था (गाई प्रसुती गृह वा क्याटल म्याटरनिटी वार्ड) गर्न सकेको खण्डमा वाच्छीपाडीलाई राम्ररी हुर्काउन सकिने मात्र नभै गर्भिणी र सुत्केरी पशुको उचीत हेरविचार गर्न धेरै मद्दत पुग्छ ।
गाइ भैसीको सुधारिएको गोठमा हुनु पर्ने न्यूनतम आवश्यकता
१ गोठमा मलमुत्र वा भकारो सफा गर्न भूंइलाइ इटा वा ढुङ्गा ओछ्याइ पक्का बनाउने । आवश्यकता र स्थान सुहाउदो भएका सिमेन्ट कंक्रिट गर्ने ।
२. पशुको पछिल्लो भाग पट्टि हल्का स्लोप बनाउने ताकि पिसाव बगेर गोठबाट केहि टाढा कम्पोट खाडल खनि व्यवस्थित विशर्जन गर्न सकियोस ।
३. आहारको नोक्सानी कम गर्न टाटनोको व्यवस्था गर्ने ।
४. घाम पानीबाट बचाउन नचुहिने छानो बनाउने ।
५. समय समयमा चून, फिनाइल पानीको झोल छर्कि गोठलाई निसंक्रमण गर्ने ।
६. एक भन्दा बढी पशु एकै गोठमा राख्दा आपसमा जुध्न नसक्ने गरी बाधने व्यवस्था मिलाउने ।
७. पशुको उमेर र शारिरीक अवस्था अनुसार आवश्यक पर्ने क्षेत्रफल पुग्ने गरी गोठ सुख्खा, सफा र आरामदायी हुनु पर्ने छ ।
८. गोठ निर्माण गर्दा गोठ भित्र प्रकाश र हावाको संचार पर्याप्त हुनु पर्नेछ ।
राख्नको लागि अलग्गै गोठको व्यवस्था (गाई प्रसुती गृह वा क्याटल म्याटरनिटी वार्ड) गर्न सकेको खण्डमा वाच्छीपाडीलाई राम्ररी हुर्काउन सकिने मात्र नभै गर्भिणी र सुत्केरी पशुको उचीत हेरविचार गर्न धेरै मद्दत पुग्छ ।
विवरण | आवश्यक क्षेत्रफल वा नाप |
भुइँको स्टल क्षेत्रफल (साधारण दुधालु गाई, भैंसीको लागि दानापानीको डुँड तथा भकारोसहित) | २.३ मी लम्वाई १.३ मी चौडाई गरी. २.९९ वर्ग मी |
नालीको चौडाई | ३० से.मिटर |
दानाको डुँडको पिंधको भित्री चौडाइ | ४० से.मिटर |
पानीको डुँडको लम्बाइ | ३५ से.मिटर |
बाटो | ५ फिट |
प्रजनन् योग्य राँगा | ३० वर्ग मिटर |
गर्भिणी गाईभैंसी | १२ वर्ग मी |
सुत्केरी कक्ष प्रत्येक २० गाई बराबर १ वटा | १२ वर्ग मिटर |
बिरामी कक्ष प्रत्येक २५ गाई बराबर १ वटा | १५ वर्ग मिटर |